घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।   आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।