बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको ।

शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।