सीमा विवाद : सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो

सीमा विवाद : सर्वोच्चले सरकारसँग  लिखित जवाफ माग्यो

काठमाडौं : कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो ।

भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध हुँदै आएको छ । सरकारले पनि भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार्य भएको बताएको छ ।