काठमाडौंको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौंको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडाैं। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

उक्त भूकम्प २.९ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ। सानो म्याग्निच्युडको भए पनि केन्द्रविन्दु आसपासका क्षेत्रमा धक्का प्रस्ट महसुस गरिएको थियो।

भूकम्पबाट हालसम्म कुनै क्षति भएको जानकारी प्राप्त भएको छैन।

छुटाउनुभयो कि ?