काठमाडाैं। सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत र अवरोध गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अदालतको कामकारबाहीमा बाधा पुर्याउन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल उनलाई थप अनुसन्धान र सोधपुछका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
आज सर्वोच्च अदालतमा चलचित्र ‘लालीबजार’ सँग सम्बन्धित एक मुद्दामा सुनुवाइ भइरहेको थियो। उक्त चलचित्रले आफ्नो समुदायको मानमर्यादामा आँच पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरेर डा. रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सोही रिटमाथिको बहस र सुनुवाइ चलिरहेका बेला इजलासभित्रै अशोभनीय व्यवहार देखाएपछि प्रहरीले यो कदम चालेको हो।