प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका प्रकाश अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।

सभामुख डीपी अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उनलाई सो जिम्मेवारी सुम्पिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार यसअघि सो पदमा कार्यरत सचिव हर्कराज राईलाई हिजो मात्रै पदमुक्त गरिएको थियो।

राईको बिदाइपछि रिक्त रहेको स्थानमा अधिकारीलाई संघीय संसद्को प्रशासनिक नेतृत्व सम्हाल्ने गरी नियुक्त गरिएको हो।

छुटाउनुभयो कि ?