प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बिहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित एक समारोहका बीच सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन्।

सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरेका थिए। अधिकारी संसद् सेवाका पूर्वउपसचिव हुन्।

यसअघिका सचिव हर्कराज राईको कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको हो। शपथ ग्रहण समारोहमा संसद् सचिवालयका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?