उद्योगी रुप ज्योति हाजिर जमानीमा रिहा

उद्योगी रुप ज्योति हाजिर जमानीमा रिहा

काठमाडौं : उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।