खुलामञ्चको टहरामा महानगरको तालाबन्दी(भिडियो सहित)

खुलामञ्चको टहरामा महानगरको तालाबन्दी(भिडियो सहित)

काठमाडौं : खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ । उक्त जग्गामा शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ताला लगाइएको हो ।

खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो ।

काठमाडौं महानगरपालिका २८ नम्बर वडा कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार टहरा हटाउनेबारे जानकारी गराएको थियो । आज उपप्रमुख पुगेर ताला लगाएकी हुन् । यता व्यापारीहरुले भने त्यसको विरोध जनाएका छन् ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=aEYUP8Rc6e0&t=12s