प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, रिमाल र भट्टराई जोगिए

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, रिमाल र भट्टराई जोगिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गर्ने विभिन्न पदका १३ जनाले सामूहिक राजीनामा दिएका थिए । तर, त्यो राजीनामा पत्रमा केहीले मात्रै हस्ताक्षर गरेका थिए।हस्ताक्षरसहितको राजीनामा बुझाउनेहरू बालुवाटरबाट मंसिर १ गतेदेखि विदा हुने भएका छन्।

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।

प्रधानमन्त्रीले केही दिन पहिले सचिवालय सदस्यमध्ये १३ जनालाई बोलाएर सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। राजीनामा पत्रमा हस्ताक्षर गर्नेहरू विदा भएको तर उक्त पत्रमा हस्ताक्षर नभएका बाँकी सदस्य भने बालुवाटारमै रहने बुझिएको छ ।