बेरोजगारी अन्त्यका लागि आर्थिक विकास : माधव नेपाल

बेरोजगारी अन्त्यका लागि आर्थिक विकास : माधव नेपाल

भक्तपुर: नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताएका छन् । भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताए ।

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन समेत आग्रह गरे ।