बानेश्वरको हिरासतमा आत्महत्या प्रयास गर्ने अभियुक्तको मृत्यु

बानेश्वरको हिरासतमा आत्महत्या प्रयास गर्ने अभियुक्तको मृत्यु

काठमाडौं : काठमाडौंको महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्न प्रयास गरेका अभियुक्तको मृत्यु भएको छ ।

बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका लागूऔषध मुद्दामा हिरासतमा रहेका हेम राउतको मृत्यु भएको हो । राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । राउत तीन पटक धरौटीमा छुटेको प्रहरी रेकर्डमा देखिएको छ । गएराति उपचारको क्रममा राउतको शिभिल अस्पतालमा मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।