बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किँदै

बंगलादेशका राष्ट्रपति  हमिद आज स्वदेश  फर्किँदै

काठमाडौं : चार दिने नेपालको राजकीय भ्रमण सकेर बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्किँदैछन् । नेपाल राष्ट्रपतिको निमन्त्रणामा आएका हमिद आज साँझ पाँच बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ ।

बिहीबार पोखरा घुम्न गएका उनी बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले नेपाल आएकै दिन मंगलबार भक्तपुर दरवार क्षेत्रको अवलोकन गरेका थिए ।