पर्वतमा मुढाले किचेर महिलाको मृत्यु

पर्वत : पर्वतमा दाउरा काट्दै गर्दा पल्टिएको मुढाले किचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फलेवास नगरपालिका–८ ठानामौलाकी ५५ वर्षीया पुतली विक रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सोमबार दाउरा काटिरहेका बेला माथि रहेको उत्तिसको मुढाले किच्दा विक गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा जिल्ला अस्पताल पर्वतमा सोमबार साँझ मृत्यु भएको हो। विकको शव मंगलबार पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने डिएसपी तिवारीले बताए।