दाङमा चरेश र चितुवाको छालासहित पाँच जना पक्राउ

दाङमा चरेश र चितुवाको छालासहित पाँच जना पक्राउ

दाङ : दाङमा साढे २ किलो चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित मुसिकोट नगरपालिका २ रातामाटाका २१ वर्षका अनिल पुनमगर, सोही नगरपालिका ६ का ४० वर्षिय बहादुर बोहोरा र रुकुमकै आठबिसकोट नगरपालिका ९ का २८ वर्षीय भीमवहादुर सार्की पक्राउ परेका हुन्‌।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।

यसैगरी, दाङमै चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्‌। दंगीशरण गाउँपालिका १ बस्ने २४ का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्तीलाई चितुवाको छालासहित घोराहीबाट प्रहरीले पक्राउ गरेको हो। घोराही १४ स्थित बसर्पाकमा समातिएका पुन र घर्तीको साथबाट प्रहरीले चितुवाको टाउको, बङ्गारा र पुच्छरसमेत रहेको चितुवाको छाला बरामद गरेको छ। ओखटोपहारसहित पक्राउ परेका यी दुईमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ।