माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु

माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु

जुम्ला : माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो । नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो । आजै मृतक दुबैलाई शवपरीक्षणका लागि अस्पताल पु¥याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।