रसुवामा सरकारी गाडीभित्र साढे दुई किलो सुनसहित ६ पक्राउ


काठमाडौं : रसुवा जिल्लाको टिमुरेबाट सरकारी गाडीबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन्। ना १ झ ३५४२ नम्बरको सरकारी गाडीबाट साढे दुई किलो सुन बरामद भएको हो। उक्त गाडी रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको बताइएको छ।

बरामद भएको सुनको बजारमूल्‍य हालको बजारमूल्‍यमा करिब एक करोड ६० लाख हुने बताइएको छ । पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।