कोरोना भाइरसको नमुना परीक्षण नेपालमै हुने

कोरोना भाइरसको नमुना परीक्षण नेपालमै हुने

काठमाडौं : कोरोना भाइरसको नमुना परीक्षण नेपालमै हुने भएको छ। सोमबारदेखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरस परीक्षण हुने भएको हो।

यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो। परीक्षणका लागि आवश्यक केमिकल आइपुगेकाले परीक्षण नेपालमै हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले बताएकी छन् । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि जानकारी दिएकी छन्।