सोलुखुम्बुमा पुरुषबादी सम्बन्ध विच्छेदका मुद्धा बढ्दै

सोलुखुम्बु : सोलुखुम्बु जिल्ला अदालतमा पुरुषबादी भएका सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या बढेको छ । २०७५ सालको भदौ देखि पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने नयाँ सहिंता लागुभएसँगै अदालमा पुरुषबादी सम्बन्ध विच्छेदका मुद्धाको चाङ लागेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्रै दश ओटा पुरुषबादी भएका सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालतका सुचना अधिकारी गोविन्द्र ढकालले जानकारी दिएका छन्। उनका अनुसार अदालतमा दर्ता भएका धेरै जसो मुद्धा सम्बन्ध विच्छेदका छन । तर कुनै पनि पुरुषबादी सम्बन्ध विच्छेदका मुद्धा फच्र्यौट नभएको अदालतले जनाएको छ ।