सोलुखुम्बुमा सञ्चालित दुधकोशी एफ।एमको रिपिटर टावरमा आगलागी

सोलुखुम्बु : सोलुखुम्बुमा सञ्चालित सामुदायिक रेडियो दुधकोशी एफ। एम ९४।६ मेगहर्जको रिपिटर टावरमा आगलागी भएको छ । रेडियोको पत्ताले स्थित रिपिटर टावर सहितको घरमा गएराती आगलागी भएको हाम्रा पत्ताले स्थित सहकर्मी भाईछुङ शेर्पाले जानकारी दिए । उहाँका अनुसार रेडियोको टावरमा राती १० बजे आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगो प्रहरी र स्थानियको सहयोगमा राती २ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएकोे छ । आगलागीबाट नजिकै रहेको ईन्टरनेट प्रदायक संस्था वेब सरबर प्रालि को उपकरणमा पनि क्षति पुगेको छ । ईन्टरनेटको टावरमा प्रयोग भएकोे ब्याटिबाट आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिए।

आगलागीबाट ढुंगा माटोले बनेको एक तले घर, टावरमा रहेको ट्रान्समिटर लगायत उपकरण जलेर नष्ठ भएको रेडियो सञ्चालक समितिका सचिव विनोद बस्नेतले बताएका छन् । जिल्लाकै दोश्रो रेडियोको रुपमा परिचित उक्त रेडियो विभिन्न कारणबशं बन्द अवस्थामा थियो । वि स २०६३ सालमा सोलुखुम्बुको सल्लेरीमा स्थापना भएको ५ सय किलोवाड क्षमताको उक्त रेडियोको रिपिटर टावर सोलुुदुधकुण्ड नगरपालिका ८ स्थित पत्तालेमा अवस्थित छ ।