धनगढीमा २२ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ

धनगढीमा २२ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ

काठमाडौं : धनगढी उपमहानगरपलिकाका वडा नं १० का वडा अध्यक्ष रवीन्द्र शाहीसहित १६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ बाट गएराति गोदावरी नगरपालिका १० का अध्यक्ष गुड्डु भनिने रवीन्द्र शाहीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनीहरुको साथबाट २२ लाख ८२ हजार बढी नगद पनि बरामद गरिएको छ। केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने बस्नेतले जानकारी दिए।