प्राधिकरणको दुई सबस्टेसन बनाउने चिनियाँ ठेकेदार फरार

प्राधिकरणको दुई सबस्टेसन बनाउने चिनियाँ ठेकेदार फरार

काठमाडौं : मर्स्याङदी (तनहुँ) मातातीर्थ (काठमाडौं) २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको दुई वटा सबस्टेसन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी भागेको छ ।

तनहुँको मार्कीचोक र काठमाडौंको मातातीर्थमा २२०र१३२ केभी सबस्टेसनको चिनियाँ ठेकेदार कम्पनी सेन्जेन फ्राड इलेक्ट्रिक कर्पोरेसन लिमिटेड कामलाई अलपत्र पारी भागेको हो । नेपाल विद्युत प्राधिकरणले कम्पनी भागेपछि ठेक्का सम्झौता रद्द गरेको छ ।

कम्पनीले कार्यसम्पादन जमानत बापत राखेको करिब ३५ करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्न बैंकलाई पत्र लेखिएको आयोजना प्रमुख तारा प्रधानले बताए । ‘कामलाई अलपत्र पारी साइटबाट भागेपछि कम्पनीलाई काममा र्फकन लिखितरमौखिक रुपमा पटक(पटक ताकेताको सूचना जारी गर्यौं, तर कम्पनी नफर्किएपछि ठेक्का सम्झौताबमोजिम ठेक्का तोडिएको हो’,प्रधानले भने,’ठेक्का तोठिएपछि आयोजनामा सहुलियतपूर्ण ऋण प्रवाह गरेको एसियाली विकास बैक ९एडीबी०मा पठायौं, एडीबीबाट पनि सहमति आइसकेको छ ।’

कम्पनीले सबस्टेसनमा प्रयोग हुने ३२० एमभीएका पावर ट्रान्सर्फमरहरु, कन्ट्रोल रुपमा प्रयोग हुने लगायतका अन्य अधिकांश उपकरणहरु साइटमा ल्याइसकेको छ । मार्कीचोकमा कन्ट्रोरुम रहने भवनको र अन्य सबस्टेसनको सिभिल संरचनाको निर्माण भइरहेको थियो । आयोजनाको म्याद सकिने समयसम्म करिब ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

पछिल्लो सयममा सन्तोसषजक प्रगति भइरहेको अवस्थामा कम्पनीका कामदार प्रतिनिधिले एकाएक साइट छाडेका थिए । त्यसपछि प्राधिरकणले कम्पनीलाई फिर्ता बोलाउन गरेको प्रयास असफल भएको थियो । १६० एकभिएका दुई दुई वटा गरी मार्कीचोक र मातातीर्थ सबस्टेसनमा ३२० एमभीएका वापर ट्रान्सर्फमरहरु रहने छन् । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि एक करोड ५६ लाख अमेरिकी डलर र पाँच अर्ब ५१ करोड ५६ लाख रुपैयाँमा डिसेम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गतकै तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङदी काठमाडौं २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ । मर्स्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारणलाइन निर्माण गरिएको हो । निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारणलाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए ।