जलविद्युत्को पावर हाउसमा बम विस्फोट

जलविद्युत्को पावर हाउसमा बम विस्फोट

संखुवासभा : संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो।

विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको बताइएको छ। बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ। कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयले यसबारेमा थप विवरण आइनसकेको जनाएको छ। प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्।