पार्टनरबाट के चाहन्छन् महिला?

पार्टनरबाट के चाहन्छन् महिला?

काठमाडाैं। दैनिक काम कारबाही, किनमेल, घुमघाम, हेरचाह लगायतमा विशेष ध्यान दिन आवश्यक हुन्छ भने यौनको मामलामा पनि जीवन साथी वा यौन पार्टनरको चाहनालाई ध्यान दिन जरुरी हुन्छ । यस्तोमा महिलाले के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। आखिर के चाहन्छन् त महिला?

आजभोलि अधिकांश दम्पती कामकाजी हुन्छन्। यस्तोमा यौन सम्पर्क कति पटक भयो भन्दा पनि कति सन्तुष्टिदायक भयो भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हरेक दिनको साटो सातामा एक पटक यौन सम्पर्कका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतीबीच प्रेम–प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।

रोमान्स नभई यौनको चाहना

रोमान्स वैवाहिक जीवन र यौन सम्पर्कको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कैयन् स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र यौन सम्पर्कको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छा विपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।

केही नयाँ प्रयोग गर्ने चाहना

दैनिक तालिकाका कुरा कसैलाई पनि मन पर्दैन । जसरी दैनिक रूपमा एउटै प्रकारको खाना वा एउटै प्रकारको पहिरन लगाउँदा जो कोहीलाई बोर लाग्छ, त्यसै गरी अन्तरंगग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।

यौन सम्पर्कपश्चात्

प्रायस् पुरुषहरू यौन सम्पर्कपश्चात् मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यसो गर्दैनन् । यौन सम्पर्कपश्चात् पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्रायस् पुरुषले बुझ्दैनन् । यौन सम्पर्कपश्चात् पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अतः पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

स्वभावमा परिवर्तन

यदि तपाई आफ्नो जीवनसाथीको नजिक रहन चाहनुहुन्छ भने उनको इसारा बुझ्नु आवश्यक छ । महिनावारिका बेला हर्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ।