उपत्यकासहित देशभर वर्षा ,हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर

उपत्यकासहित देशभर वर्षा ,हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर

काठमाडौं : आज उपत्यकासहित देशभर वर्षा र उच्च भू–भागमा हिँमपात भइरहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ।

वायुको पश्चिमी न्यून चापिय प्रणालीका कारण बिहीबारदेखि नै भइरहेको वर्षा र हिमपात शुक्रबार दिनभरी नै रहने जनाइएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने उच्च पहाडी तथा हिमाली भेगमा हिँउ पर्ने सम्भावना छ। शनिवार दिउसोदेखि भने मौससमा सुधार हुने मौसम विद्को भनाइ छ।