बालुवाटारको जग्गा हडपेको आरोप लागेका ढकालको घरमा बम विस्फोट

बालुवाटारको जग्गा हडपेको आरोप लागेका ढकालको घरमा बम विस्फोट

काठमाडौँः प्रधानमन्त्री निवास नजिकै बालुवाटारको जग्गा हडपेको आरोप लागेका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । नागार्जुन नर्सरी चोक नजिकै रहेको ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटबाट घरमा सामान्य क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले राज्यद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको छ ।

बालुवाटारको जग्गा हडपेको आरोप लागेपछि ढकाल चर्चामा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।