दश लाख ठगी गर्ने पक्राउ

दश लाख ठगी गर्ने पक्राउ

काभ्रेपलाञ्चोक: नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन् ।

पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ । (रासस)