सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु

सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु

काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार  परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।