यातायात

काली खोलामा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काली खोलामा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको काली खोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित काली खोलामा आज दियसो पहिरो गएको हो।

अहिले पहिरो पन्छाउने काम जारी रहेको र सडक खुल्न कम्तिमा ४, ५ घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन ठप्प भएका छन् ।