काठमाडौं उपत्यकामा २४ घण्टाभित्र १५१ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र १५१ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ।

प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८४ जना चालक कारबाहीमा परेका हुन्।

यसैगरी, सीसीटीभीमार्फत ५, रातो बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ र सवारीसाधनको यान्त्रिक अवस्था ठीक नभएका २ जनामाथि कारबाही गरिएको छ।

अन्य विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने ५६ सवारीसाधनमाथि पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।