रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

रुसरयुक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते भएका नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । 

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए । 

उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहिलाई पक्राउ गरेको थियो । विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए । रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने,बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।