खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका अनुसार बालक ट्याक्टर चालक खडकबहादुर चौधरीका छोरा हुन् । बालकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि प्रहरीले ट्याक्टर र चालक खडकबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ । ट्याक्टरका धनी गौरीगंगा नगरपालिका–७ बस्ने ४० वर्षीय खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ ।