काठमाडौँ – नेपाल सरकारले छठ पर्वको अवसरमा आउँदो कात्तिक ३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै यसअघि वि.सं. २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका दिन बिदा दिइएकोमा पर्वको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि बिदा थप गरिएको स्पष्ट पारेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सम्बन्धित सबैको जानकारीका लागि यो व्यहोरा सार्वजनिक गरिएको हो।