केराबारीको जंगलमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

केराबारीको जंगलमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

विराटनगर । मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ । केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो ।

जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको बताए । शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर, शरीरमा बाहिरी चोटपटक नदेखिएको एसपी कटवालको भनाइ छ । घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

पार्वती र पतिबीच पटकपटक विवाद र झगडा हुने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । यद्यपि, घटनासँग उक्त विवादको सम्बन्ध रहे नरहेको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक जाँचका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको छ ।