काठमाडौं। मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचमा हुस्सु तथा कुहिरो लागेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा भने आज राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार ६ : १० बजे