लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डाको लाग्यो टुंगो, कोको बन्दै छन् मन्त्री ?

लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डाको लाग्यो टुंगो, कोको बन्दै छन् मन्त्री ?

 

लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन, नेकपा एमाले पाँच र जनता समाजवादी पार्टी, नागरिक उनमुक्ती पार्टी र स्वतन्त्र सांसद्ले एकरएक मन्त्रालय पाउने सहमति भएको छ । 

नेकपा एमालेबाट अर्घाखाँचीका सांसद् चेतनारायण आचार्य अर्थ मन्त्री बन्दै छन् । रुपन्देहीका भूमिश्वर ढकाल शहरी विकास,गुल्मीका दिनेश पन्थी गृह,बाँकेका रत्न खत्री सामाजिक विकास र कपिलवस्तुका अर्जुन खत्री वन मन्त्री बन्दै छन् । 

नेकपा (माओवादी) केन्द्रबाट रोल्पाका दिपेन्द्र कुमार पुनमगर स्वास्थ्य र बाँकेकी कृष्णा केसी (नमुना) सिचाईं, ऊर्जा तथा खानेपानी मन्त्री बन्ने भएकी हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्च्मि) बाट चुनाव जितेका स्वतन्त्र सांसद् खड्क बस्नेत पर्यटन उद्योगा तथा सहकारी मन्त्री,जनता समाजवादी पार्टी बाँकेका भण्डारीलाल अहिर कृषि मन्त्री बन्ने भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने सहमति भएको छ ।