छुटे एन्फाका उपाध्यक्ष दावा लामा

छुटे एन्फाका उपाध्यक्ष दावा लामा

अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा  छुटेका छन्। बुधबार पक्राउ परेका लामालाई बिहीबार काठमाडौं जिल्ला अदालत छाडेको हो।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट स्टे अर्डर लिएको पाइएपछि लामालाई छोडेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र  रेग्मीले जानकारी दिए।

लामाले सोही मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छोडेको उनले बताए।