लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
लुम्बिनीमा दलहरूबीच भएको सहमतिअनुसार नेकपा एमालेले पाँच, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागमा पाएका छन् ।
विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरूको मन्त्रालय टुंगिएको छैन ।
आजै दोस्रो चरणमा एकीकृत समाजवादीबाट भगवती चौधरी मन्त्री बनेकी छिन् । उनको पनि मन्त्रालय भने तोकिएको छैन ।