भारत । भारतीय राज्य उत्तरखण्डको मसुरी–देहरादुन सडकखण्डको चुनाखालनजिक शनिबार बिहान गाडी सडकबाट खस्दा ५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६ जना सवार गाडी शनिबार बिहान करिब ५ बजे आफैँ अनियन्त्रित भई गहिरो खाल्डोमा खसेको हो।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको नगर कोतवाल अरविन्द चौधरीले जानकारी दिए। घाइते ३ जनालाई खाल्डोबाट निकालेर अस्पताल लगिएको थियो, जसमध्ये थप दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा चार युवक र एक युवती छन्। एक बालिका गम्भीर घाइते भएकी छन्।