सुदूरपश्चिमका उच्च हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपात, तराईमा घाम नलाग्ने

सुदूरपश्चिमका उच्च हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपात, तराईमा घाम नलाग्ने

काठमाडौं :अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ ।

जसका कारण आज (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का थोरै स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

आज राति भने देशको पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

आगामी तीन दिनको मौसम
पुस २९ गते (मंगलबार)
दिउँसो : 
देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

राति : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ १ गते (बुधबार)
दिउँसो :
 देशको पहाडी भूभागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राति : पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।

माघ २ गते (बिहीबार)
दिउँसो :
 देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षासँगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।