सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि पक्राउ

काठमाडौं:सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् ।उनलाई सोमबार साँझ चितवनबाट प्रहरीले पक्राउ गरेको हो ।भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो ।

उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । यही भिडियोका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ ।

उनले यो हर्कत गरेको स्वीकारेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।उनीमाथि लागेको अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ ।