मकवानपुरमा रुद्राक्ष र बुद्धचित्तको माला सहित ३ जना पक्राउ

मकवानपुर : मनहरी गाउँपालिका ७ मनहरीबाट बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, सोको दाना करिब २५ किलो र रुद्राक्षको माला १ सय ४४ थान सहित भारत बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट भारततर्फ जाँदै लागेको बीआर(१ पीएच ४९४) नम्बरको जिप जाँच गर्ने क्रममा झोला र प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त सामान सहित उनीहरूलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।