विप्लवका जिल्ला सेक्रेटरी ईश्वरी पाण्डे पक्राउ

विप्लवका जिल्ला सेक्रेटरी ईश्वरी पाण्डे पक्राउ

दाङ : विप्लव समूहको जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ। विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पाण्डेलाई सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले गत असोज महिनामा राजपुर गाउँपालिकाबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्दै आएका पाण्डेलाई पक्राउ गरेका थिए । पाण्डे पक्राउ परेकोबारे प्रहरीले आधिकारीक रूपमा कुनै जानकारी दिएको छैन।