अवैध उत्खननको विरोधमा हत्या गरिएका दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

अवैध उत्खननको विरोधमा हत्या गरिएका दिलीपको परिवारलाई  प्रदेश सरकारले पाँच लाख दिने

जनकपुर : प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ‘मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले भने । अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।