काठमाडौंमा लाइसेन्स बनाइदिने भन्दै रकम लिने ड्राइभिङ स्कूलका चालक पक्राउ

काठमाडौंमा लाइसेन्स बनाइदिने भन्दै रकम लिने ड्राइभिङ स्कूलका चालक पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए । पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।(रा.स.स)