जनकपुरमा यौन धन्दाको आरोपमा होटल संचालिकासहित तीनजना पक्राउ

जनकपुर : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित पेपरमिल रोडमा रहेको सुविधा गेष्ट हाउसमा यौन व्यवसाय संचालन गरेको आरोपमा होटल संचालिकासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शनिबार राति उक्त गेष्ट हाउसबाट अश्लील क्रियाकलाप गरिरहेका एक महिला र एक पुरुषलाई पक्राउ गरेको हो। उनीहरूको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। गेष्ट हाउसमा यौन व्यवसाय हुने गरेको रहस्य खुलेपछि गेष्ट हाउसकी संचालिका रिता चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

महिलालाई प्रलोभनमा पारी जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउसकी संचालिका चौधरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। पक्राउ परेका तीनजनामाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने प्रहरीले बताएको छ।