आपसी विबादको क्रममा धकेलेर लडाउँदा एकको मृत्यु

आपसी विबादको क्रममा धकेलेर लडाउँदा एकको मृत्यु

रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङमा विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु भएको छ। लडेपछि गम्भीर घाइते भएका ४६ वर्षीय सार्की गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।

शनिबार राति साढे ८ बजेतिर मिङगार सिंगी तामाङ र सार्की गुरुङ बीच विवाद भएको थियो। विवादको क्रममा लडेर घाइते भएका घाइते गुरुङलाई तत्काल थाम्बुचेत स्वास्थ्य चौकीमा लगिएको थियो। सामान्य उपचारपछि राति ११ बजे जिल्ला अस्पताल ल्याइएको थियो। उपचारको क्रममा पौने १२ बजे अस्पतालले गुरुङलाई मृत घोषणा गरेको हो। घटना भए लगत्तै थाम्बुचेतको प्रहरी घटनास्थलमा पुगेको थियो।

घटना लगत्तै फरार भएका तामाङलाई पक्रनका लागि टिमुरे, स्याफ्रु र थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको थियो। तामाङलाई राति १ बजे स्याफ्रुबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।