नवलपरासीको फलाम उत्खननको तयारी अन्तिम चरणमा

नवलपरासीको फलाम उत्खननको तयारी अन्तिम चरणमा

काठमाडौं :नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ। आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताएकी छन्। फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरिएको छ । ‘गुणस्तरसम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ।

डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भइसकेको छ ।’ सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ।

चार महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यावसायिक रूपमा थाहा हुने उनले बताइन्। दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ।