ओखलढुंगा खोलामा डुबेर एक जनाको मृत्यु

ओखलढुंगा खोलामा डुबेर एक जनाको मृत्यु

ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। चिसंखुगढी गाउँपालिका ४ नवलपुरमा रहेको छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वषीय जसधन राईको मृत्यु भएका हो।

शनिबार साँझ ५ बजेतिर मिलबाट घरतर्फ फर्कने क्रममा राइको दहमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले भेटेका थिए। राई दहमा डुबेर मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा जानकारी पाउना साथ विमानस्थल सुरक्षार्थ रम्जाटारमा खटिएको टोली पुगी कानुनी प्रक्रिया पूरा गरेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरीको टोली खटिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ