कर्तब्य ज्यान मुद्धाका अभियुक्तलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

कर्तब्य ज्यान मुद्धाका अभियुक्तलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

सोलुखुम्बु : कर्तव्य ज्यान मुद्दाका चार जना अभियुक्त धरौटीमा छुटेका छन् । कर्तव्य ज्यान मुद्दाको आभियोगमा पक्राउ परेका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ बासाका ५ जना मध्ये ४ जना धरौटीमा छुटेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।

गत मसिंर २५ गते विबाह भोजमा झगडा हुँदा स्थानीय पविधन राईको मृत्यु भएपछि उनीहरुलाई २७ गते गाउँबाटै प्रहरीले पक्राउ गरेको थियो । जिल्ला न्यायधिस महेन्द्रराज काफ्लेको इजलासले बिहिबार माप्यदुधकोशी गाउँपालिका २ का टकंं बहादुर भुजेल, छत्र बहादुर भुजेल, लोकेन्द्र भुजेल र वडा नम्बर १ का राज भुजेललाई जनही डेढ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस्तै सोही घटनाका अभियुक्त डाकमान कार्कीलाई भने पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो । गत मंसिर २५ गते राती स्थानीय गोकर्ण कार्कीको बिबाहभोजमा झागडा हुँदा पविधन राई गम्भिर घाईते भएका थिए । उनको मंसिर २७ गते उपचारको क्रममा काठमान्डौको केएमसी अस्पतालमा मृत्यु भएको थियो ।